Logo
Logo

मलाई कालो हातले छुने प्रयास नगर्नुहोला : मन्त्री किराती


1.1k
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको कार्यालय निरीक्षण गरेका छन् । सोमबार सुन्धारास्थित निगम पुगेका मन्त्री किराँतीले राज्यको गौरबपूर्ण संस्था डुबेको टुलुटुलु हेरेर नबस्ने बताए ।

निगमका कार्यकारी अध्यक्ष तथा पदाधिकारीहरुसँग छलफलमा मन्त्री किराती भने, ‘वायु सेवा निगम राज्यको गौरवपूर्ण संस्था हो, यो संस्था डुबेको म टुलुटुल हेरेर बस्नेवाला छैन ।’

उनले निगमलाई उठाउन सबै पदाधिकारी र कर्मचारीको उत्तिकै हात रहेको बताए । ‘म सेतो लुगा लगाएको मान्छे हुँ, मलाई कालो हातले छुने प्रयास नगर्नुहोला’ उनले भने, ‘म सेतै बनेर फर्किने हो ।’

प्रतिक्रिया दिनुहोस्