Logo
Logo

नीतिगत परिवर्तनमार्फत गरिबी उन्मूलन गर्न निर्देशन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोषलाई विगतको अनुदानको ढाँचाबाट परिवर्तन भई गरिबी निवारणसम्बन्धी काम गर्ने मन्त्रालय र निकायका लागि ‘थिंक ट्यांक’का रूपमा रूपान्तरित हुन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान सम्पन्न कोषको बैठकमा प्रधानमन्त्री ओलीले प्राप्त रकमको सदुपयोग वा दुरुपयोग के भइरहेको छ त्यसको समेत लेखाजोखा गर्न आग्रह गर्दै अनुदान दिएर मात्र नभई नीतिगत परिवर्तनमार्फत गरिबी उन्मूलन गराउन निर्देशन दिएका हुन् ।
कोषका उपाध्यक्ष निर्मल भट्टराईका अनुसार बैठकमा कोषलाई थिंक ट्यांकका रूपमा विकास गर्ने चालू आवका लागि रु पाँच करोडको बजेट स्वीकृत गर्ने र विश्व बैंकको सहयोगमा सञ्चालित रु १९ अर्बको बजेटलाई पुनर्संरचना गरी स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्