Logo
Logo

गोल्छा ग्रुपले सुरु गर्‍यो सामसुङको टेलिभिजन उत्पादन


2k
Shares

काठमाडौं । सामसुङ ब्राण्डको टेलिभिजन नेपालमा उत्पादन सुरु भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र नेपालका लागि कोरियाली राजदूतले संयुक्त रूपमा नवलपरासीमा उद्योग उद्घाटन गरेका छन् ।

शेखर गोल्छाको गोल्छा ग्रुपले स्यामसुङ कोरियासँगको सहकार्यमा नवलपरासीको रामग्राम नगरपालिका उद्योग स्थापना गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्यामसुङले गोल्छा ग्रुपसँगको सहकार्यमा सुरू गरेको टेलिभिजन उत्पादनले आगामी दिनमा अन्य उद्योगमा पनि लगानी आउन सक्ने बताए ।

‘कोरियाली लगानीकर्ता उद्योग स्थापना गर्न नेपालका कुनै नियम, कानुनले कठिनाइ गरेको छ भने त्यस्ता कानुन संशोधन गर्न हामी तयार छौँ,’ मन्त्री रिजालले भने, ‘उद्योगको विकास नभई अर्थतन्त्र सुधार हुन सक्दैन । त्यसैले हामी लगानीकर्तालाई सहयोग गर्ने नीति लिन प्रतिबद्ध छौँ ।’

नेपालका लागि कोरियाली राजदूत जोनसङ पार्कले नेपालमा संसारकै प्रसिद्ध इलेक्ट्रोनिक सामान उत्पादन गर्ने उद्योग स्थापना हुनु गर्वको विषय भएको बताए ।

अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भइरहेको नेपालमा कोरियाली र गोल्छा गुप्रको लगानीमा स्यामसुङ टेलिभिजन उत्पादन हुनुले आगामी दिनमा नेपाल उत्पादनमुलुक देशको रूपमा विकास हुन सक्ने बताए ।

नेपाल सरकारले औद्योगिक वातावरणमा सुधार गर्दै भए आगामी दिनमा नेपालमा उत्पादनमुलक क्षेत्रमा थप लगानी हुन सक्ने राजदूत पार्कले बताए ।

कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले सहज तरिकाले उद्योग सञ्चालनका वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्ने बताए ।

अर्थतन्त्रलाई बलियो बनाउन भ्यालु एडिसन गर्न आवश्यक रहेको भन्दै स्यामसुङसँग सहकार्यमा उत्पादनमुलुक उद्योग स्थापना गरिएको गोल्छा गु्रपका अध्यक्ष शेखर गोल्छाले बताए ।

स्यामसुङ र बजाज मोटरसाइकल एसेम्बलमा गरी हाल उद्योग परिसरमा करिब ४०० महिलाहरूले रोजगार पाएको गोल्छाले बताए । आगामी दुई वर्ष भित्र एक हजारलाई रोजगार दिनेगरी काम गर्ने बताए ।

कम्पनीले आगामी दिनमा वासिङमेसिन लगायतका सामान उत्पादन गर्ने र नेपालमा मात्रै नभई दक्षिण एसियायी बजारमा पनि सामान बिक्री गर्ने गरी काम गर्ने योजना भएको गोल्छाले जानकारी दिए ।

स्यामसुङका दक्षिण एसियाको प्रमुख जेबी पार्कले नेपालमा नयाँ टेलिभिजन उद्योग स्थापना गर्न पाउँदा खुसी लागेको बताए ।

गोल्छा ग्रुपले २२ अगस्त २०२२ मा उद्योग शिलान्यास गरेको थियो । कम्पनीले ५ अप्रिलबाट परिक्षण उत्पादन सुरू गरेको थियो ।

३२ देखि ८८ इन्चसम्मका सबै डिजाइनका टेलिभिजन उत्पादन गर्ने गरी उद्योग स्थापना गरिएको हिम इलेक्ट्रोनिक्सले जनाएको छ

प्रतिक्रिया दिनुहोस्