Logo
Logo

ए डिभिजन लिगमा आज तीन खेल हुँदै


1.2k
Shares

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन् । खेलहरु दशरथ रंगशाला र च्यासल मैदानमा हुनेछन् । च्यासल मैदानमा दिउँसो ३ बजे हुने पहिलो खेलमा न्युरोड टिम र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यता सोही समय दशरथ रंगशालामा सुरु हुने खेलमा एपीएफ फुटबल क्लब र मनाङ मर्स्याङ्दी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, साँझ ६ बजे दशरथ रंगशालामा जावलाखेल युथ क्लब र संकटा क्लबबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्