Logo
Logo

‘पपुलिष्ट पोलिटिक्स’ले मुलुकलाई निकाश दिन सक्दैन : शंकर पोखरेल


630
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिष्ट पोलिटिक्स परिवर्तनको पक्षमा कहिल्लै बताएका छन् । प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पपुलिष्ट पोलिटिक्स’ मुलुकलाई नफाप्ने भन्दै राजनीतिक दलहरुको विकल्प नभएको बताएका हुन् ।

‘वैकल्पिक राजनीतिक शक्तिका रुपमा आएका दलहरुले मुलुकलाई निकाश दिन सक्दैनन् । राजनीतिको विकल्प भनेकै राजनीतिक विचार धारामा उभिएका दलहरु नै हुन् । समाजलाई बदल्ने हो भने नीतिगत नेतृत्वका आवश्यकता पर्दछ,’ उनले भने ।

समाजको कुनै क्षेत्रमा चर्चा हासिल गर्ने र राजनीतिमा आउने होडबाजीले मुलुकमा उत्पन्न समस्याको समाधान गर्न नसक्ने नेता पोखरेलको भनाई थियो ।

बलिउडका अभिनेता अमिताभ बच्चनको उदाहरण दिँदै भने, ‘कुनै समय बलिउडका बादशाह अमिताभ बच्चन पनि चुनाव जितेर राजनीतिमा आएका थिए । तर राजनीति त्यसरी चल्दो रहेनछ भनेर बुझेपछि उनी फेरि कलाकारितामै फर्किए । त्यो यर्थाथलाई हामी सबैले बुझ्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्