Logo
Logo

संसदमा राप्रपा सांसदको प्रश्न- सरकार कसले चलाउँछ ?


693
Shares

काठमाडौं । प्रतिनिधिसभा सांसद अनिता नेपालीले देशको सरकार कसले चलाउँछ भन्दै प्रश्न उठाएकी छन् ।

राप्रपा सांसद नेपालीले संसद्को शून्य समयमा बोल्दै सरकारको निर्णयसमेत विचौलियाले प्रभावित गरिदिएको भन्दै उक्त प्रश्न उठाएकी हुन् ।

सरकारले ०७१ सालदेखि चारपटक उखु किसानको भुक्तानी दिने निर्णय गरेपनि किसानको भने अनुदानको पैसासमेत विचौलियाले खाइदिएको बताइन् ।

‘यो देशको सरकार विचौलियाले चलाउँछ कि कसले चलाउँछ ? यदि विचौलियाले चलाउँदैनन् भने सरकारले उखु किसानका विषयमा गरेका निर्णय किन लागु हुँदैन?,’ सांसद नेपालीले प्रश्न गरिन्, ‘किसानका लागि सरकारबाट पाइने अनुदान समेत विचौलियाले खाइदिएका छन् । के विचौलियासामु निरीह छ हाम्रो सरकार ?’

उनले नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाट ०७१ साल यता चारपटक उखु् किसानलाई भुुक्तानी दिने निर्णय गरेर पनि अहिलेसम्म किसानले भुुक्तानी पाउन नसकेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्