Logo
Logo

प्रचण्डलाई ओलीको कटाक्ष- प्रधानमन्त्री बनेको २ महिनामै मुटु प्रत्यारोपणतिर लाग्नुभयो


1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार बनेको दुई महिना पुग्दा नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुटु प्रत्यारोपणतिर लागेको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले विभिन्न सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले दुई महिना पुग्दा नपुग्दै सरकारको मुटु प्रत्यारोपण गर्नतिर लागेको बताएका हुन् ।

उनले भने, ‘एमालेको निर्णायक पहलमा सात दलको प्रस्तावमा नियुक्त हुनुभएका प्रधानमन्त्रीज्यू, भलै दुई महिना पुग्दा नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो । मुटु प्रत्यारोपण भइसकेको भएपनि नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रमको समर्थन गर्ने विशाल हृदयका साथ मैले दस्तावेजको प्रस्तुती सुनेँ र पढेँ पनि।’

तर, सरकारले नीति तथा कार्यक्रममा पूर्ण रुपमा चुकेको भन्दै उनले कुनै आधार नै नभएको बताए ।

उनले भने, ‘एमालेसहित विभिन्न सात दलको प्रस्तावमा नियुक्त हुनुभएको प्रधानमन्त्रीज्यू। भलै दुई महिना नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो। मुटु प्रत्यारोपण भइसकेपछि नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रम को समर्थन गर्ने प्रयासका साथ मैले सुने र पढे। तर, नीति कार्यक्रम के उद्देश्य र गन्तव्यको लागि आएको छ ? मैले पहिल्याउने कोसिस गरे। तर, त्यस्तो छैन।’

प्रतिक्रिया दिनुहोस्