Logo
Logo

नीति तथा कार्यक्रमको गन्तव्य भेटिएन- केपी ओली


441
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमको उद्देश्य नभएको र गन्तव्य पनि नभेटिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले नीति तथा कार्यक्रमको औचित्य नै नभेटिएको बताएका हुन् । साथै उनले देशको अवस्थाका विषयमा सरकार बेखबर देखिएको र जनतालाई ढाँट्ने काम गरेको बताए ।

‘सरकारलाई देशको अर्थतन्त्रको अवस्थाबारे थाहा छैन कि जनतालाई ढाँट्न चाहन्छ । मन्त्रीले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा भूकम्प, कोभिड महामारी र रुस–युक्रेन युद्धलाई कारण देखाइएको छ,’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दातृसंस्थालाई गरेको ‘ब्रिफिङ’मा पनि राजस्व उठाउन नसकेको कुरा बताएको भन्दै उनले आपत्ति जनाए ।

उनले प्रश्न गर्दै भने, ‘सरकार प्रमुखले दातृ समुदायसँगको ब्रिफिङमा राजश्व संकलन गर्न कठिनाइ भएको उल्लेख गर्न मिल्छ ? राजश्व संकलन गर्न पनि सरकारले अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ ? राजश्व उठाउने अनिवार्य प्राथमिक कर्तव्य सरकारको होइन ?।’

प्रतिक्रिया दिनुहोस्