Logo
Logo

पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार पुर्याउन प्रस्ताव


756
Shares

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरुको न्युनतम तलब बढाउन माग गरेको छ ।

आइतबार समितिका अध्यक्ष संगीता खड्का सहितको टोलीले सञ्चारमन्त्री रेखा शर्मालाई भेटेर श्रमजिवी पत्रकारको न्युनतम तलब ३४ हजार १ सय २४ बनाउन माग गरेका हुन् ।

त्यस्तै पाँचौ तहको ३७ हजार ५ सय ३८ रुपैया र वरिष्ठ संवाददाता, भाषा सम्पादक, र सहायक सम्पादक वा सो सरहको तलव ४० हजार ९०० सय बनाउनुपर्ने प्रस्ताव गरिएको छ । यसअघि पत्रकारको न्युनतम तलब २४ हजार ६ सय कायम गरिएको थियो ।

पत्रकारको पारिश्रमिकका विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद्बाट निर्णय भएमा आगामी आर्थिक वर्षदेखि पत्रकारको नयाँ तलबमान कायम हुने छ ।

प्रतिक्रिया दिनुहोस्