Logo
Logo
नक्कली शरणार्थी प्रकरण

म्याद थप्न सबैलाई लगियो जिल्ला अदालत


1.8k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई म्याद थप गर्न आइतबार अदालत लगिएको छ । यो प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले पक्राउ परेका १६ जनालाई नै म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको बताए । उनीहरुलाई सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालत लगेको छ । प्रहरीको यो प्रकरणको अनुसन्धान प्रतिवेदन आजै जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँने तयारी गरेको छ ।

पक्राउ परेकाहरुमाथि प्रहरीले ‘संगठित ठगीसम्बन्धी आरोपमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्