Logo
Logo

भूटानी शरणार्थी प्रकरण देशकै लागि दुर्भाग्य : बिजुक्छेँ


693
Shares

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नक्कली भूटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका व्यक्तिहरुको संलग्नता हुनु देशकै लागि दुर्भाग्यको विषय भएको बताएका छन्।

भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको एकवर्षे उपलब्धि कार्यक्रममा उनले भ्रष्टाचार देशद्रोही कदम भएको र भूटानी शरणार्थी प्रकरणमा दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताए ।

राजनीतिक कार्यकर्ताहरुले कसैको दबाब र प्रभावमा काम गर्दा देश नै दुर्घटनाग्रस्त हुने बताउँदै अध्यक्ष बिजुक्छेँले नेपाल विदेशी शक्तिसामु झुके साम्राज्यवादीहरुको जालोमा फस्ने बताए । विदेशका नेपाली नागरिकलाई मताधिकार प्रयोग गर्न दिने व्यवस्था देशको हित विपरीत हुने बताउँदै उनले देश र जनताको इमान्दारीपूर्वक सेवा गर्नु नै राजनीतिको मुख्य उद्देश्य हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले भक्तपुर मौलिकता जोगाउन सफल संसारकै एक आकर्षक सहरका रुपमा अगाडि बढिरहेको बताउँदै उनले यहाँको शैक्षिक अभियान पनि विशिष्ट रहेको चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्