Logo
Logo

आज मन्त्रिपरिषद विस्तार गर्दै लुम्बिनीका मुख्यमन्त्री


630
Shares

काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकार विस्तार गर्ने तयारी गरेका छन् ।

मुख्यमन्त्री चौधरीले आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक÷एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

नयाँ मन्त्रीको रुपमा नेपाली कांग्रेसका राजु खनाल, जसपाबाट भण्डारीलाल अहिर र जनमत पार्टीका चन्द्रकेश गुप्ता मन्त्री बन्ने सम्भावना रहेको स्रोतले बतायो ।

लुम्बिनी प्रदेश सरकारमा हाल माओवादीका धनबहादुर मास्की अर्थमन्त्री, लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विनाविभागीय मन्त्री छन् ।

आज मुखयमन्त्रीले नयाँ मन्त्रीहरु पनि नियुक्त गर्ने र विनाविभागीय मन्त्रीहरुको पनि जिम्मेवारी तोक्ने तयारी गरेका हुन् ।सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालय भागबण्डा नमिल्दा मुख्यमन्त्री चौधरीले मन्त्रिपरिषदलाई पूर्णता निा सकेका छैनन् ।

मन्त्रिपरिषदले पूर्णता नपाउँदा सरकारको प्रभावकारिता देखाउन समस्या पर्ने भन्दै सत्ता गठबन्धनभित्र रहेका दलकै नेताहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्