Logo
Logo

सप्तरीमा एक युवकको घाटी रेटेर हत्या


1.1k
Shares

सप्तरी । सप्तरीमा एक युवकको घाटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा एक युवकको शव फेला परेको हो ।

सोमबार बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ । युवकको परिचय खुल्न नसकेको र घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्