Logo
Logo

विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत छुट कार्यान्वयन गराउन अनेरास्ववियूको माग


441
Shares

काठमाडौं । नेकपा (एस) निकट अनेरास्ववियूले भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाएको छ । यातायातमा विद्यार्थी परिचय पत्रका आधारमा ४५ प्रतिशत सहुलियत दिने निर्णय देशैभरी कार्यनयन गर्न माग गर्दै एस निकट अनेरास्ववियूले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउदै अनेरास्ववियूका महासचिव आरती लामाले विगतमा नेपाल सरकारले विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत छुट दिने निर्णय गरेता पनि देश भरी कहि पनि कार्यान्वयन नरहेको, लामो दुरीका यात्रामा एक रुपैया पनि छुट नदिने, काठमाडौंमा विदाको दिन छुट नदिने, ८ बजे पछि नदिने, तीन पाङ्रे सवारीमा छुटै नदिने जस्ता समस्या रहेको बताए ।

उक्त छुट प्रतिशत कार्यान्वयन नभए अनेरास्ववियू आन्दोलित हुने ज्ञापनपत्रमा उल्लेख छ । मन्त्री प्रकाश ज्वालाले उक्त कुरा देशभर तत्काल कार्यान्वयन गर्न यातायात व्यवस्था विभागका डिजि नारायण भट्टराईलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्