Logo
Logo

सुशासन कायम नगरेसम्म मुलुकको समृद्धि असम्भव : गृहमन्त्री


504
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको बिकास र समृद्धिका लागि सहमतिका साथ अघि बढ्न जरुरी रहेको बताएका छन् ।

बिहीबार चितवनको माडी नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा श्रेष्ठले एकअर्कालाई तानातान गर्ने राजनीतिक संस्कारले मुलुकको विकास हुन नसकेको भन्दै राजनीतिक संस्कार परिवर्तन गरेर विकास निर्माणमा सहमतिका साथ अघि बढ्न जरुरी रहेको बताएका हुन् ।

उनले भ्रष्टाचारको जालोलाई अन्त्य गरेर सुशासन कायम नगरेसम्म मुलुकको समृद्धि सम्भव नरहेको उल्लेख गरे । उपप्रधानमन्त्री श्रेष्ठले सुशाशन, समृद्धि र सामाजिक न्याय अहिलेको सरकारको मुख्य कार्यभार रहेको बताउँदै यसअनुसार अघि बढ्न सबैलाई आग्रह गरे ।
त्यस्तै, उनले सुकुम्बासी समस्या समाधानका लागि कानुन संशोधन गरेर भए पनि अघि बढ्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्