
काठमाडौं । डिसहोमले चाँडपर्वलाई लक्षित गरी ग्राहकका लागि इन्टरनेट सेवा आफर ल्याएको छ । दशैंको घटस्थापना देखी लागु हुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ बर्ष सम्मा ईन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको हो ।
यस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एम्.बि.पि.एस् देखी ३०० एम्.बि.पि.एस् सम्मका प्याकेजहरु जडान गर्न सक्ने छन् । जसमा ग्राहकले ५० एम्.बि.पि.एस् देखी २५० एम्.बि.पि.एस् सम्म फाईभ-जी राउटर पाउनेछन भने ३०० एम्.बि.पि.एस् को प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने छन् ।
थप जानकारीको लागि आफु नजिकैको DH Fibernet डिलर दाई अथवा आजै नै 01-5970365 मा सम्पर्क गर्न सक्नेछ । यो चाडपर्वमा थप उत्साह ल्याउने ‘Festive 24 Months Package’ अफरको फाइदा लिन आजै DH Fibernet को नयाँ कनेक्सन जोड्न् कम्पनीले आग्रह गरेको छ ।
यस अघी एसियाकपमा नेपाल र भारतको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो । एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा अफर घटस्थापना (असोज २८) देखि पूर्णिमा (कार्तिक ११) सम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।














