काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा भर्ती हुनका लागि हिजोमात्रै नयाँ दिल्ली हुँदै दुई समूहमा नेपाली युवा गएको सूचना प्राप्त गरेको बताएका छन् ।

सिंहदरबारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हिजोमात्रै दिल्लीबाट २६ र २७ जना गरी दुई समूहमा रुसी सेनामा भर्ती हुन गएको सूचना प्राप्त भएको छ ।’
यसरी अनधिकृत रुपमा नजानका लागि सरकारले अनुरोध गरिसकेको जानकारी गराउँदै रुसलाई पनि भर्ती नगर्न अनुरोध गरेको बताए ।














