Logo
Logo

देवानगञ्जका पूर्वअध्यक्ष मेहताको हृदयघातबाट निधन


1.4k
Shares

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ।

६९ वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले जानकारी दिए। मेहतलाई हृदयघातपछि अस्पताल भर्ना गरिएको थियो। उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र पूर्वजिल्ला सदस्यसमेत थिए।

मेहताको निधनले सुनसरी कांग्रेसलाई क्षति पुगेको कांग्रेस केन्द्रीय सदस्य राजिव कोइरालाले बताए। उनको आज धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारिक स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्