काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएका छन् ।

कांग्रेसबाट विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन् । घिमिरेले ३९ मत ल्याउँदा पुडासैनीले १६ मत मात्रै लाए ।
घिमिरेलाई माओवादी, नेकपा नेकपा एस र जसपाको पनि साथ थियो । राष्ट्रियसभाको अर्को बैठक शुक्रवार बस्नेछ ।














