Logo
Logo

संसद नै अन्त्य गरेर भाग्यो सरकार


5.6k
Shares

काठमाडौं । सरकारले संघीय संसदको चालु हिउँदे अधिवेशन अन्त्य गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुबै सदनको चालु हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् ।

सोको पत्र राष्ट्रपति कार्यालयले संघीय संसद सचिवालयलाई पठाएको थियो। सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए । ‘प्रतिनिधि सभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वतः अन्त्य हुने जानकारी गराउँदै यो बैठक यही स्थगित हुन्छ,’ सभामुख घिमिरेले भने।

नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गर्दै सदन अवरुद्ध गर्दै आएको थियो ।

प्रमुख प्रतिपक्षीको माग सम्बोधन गर्नुको साटो सरकारले संसद अधिवेशन नै अन्त्य गरेको हो । आफ्नो माग पुरा नगरेर सरकार संसद नै बन्द गरेर भागेको कांग्रेसले निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्