Logo
Logo

सुप्रिमबाट जीवी र दीपेशको समूहले १ अर्बबढी अपचलन गरेको निष्कर्ष, २८ जना प्रतिवादी


5.5k
Shares

काठमाडौं । प्रहरीले बुटवलस्थित सुप्रिम सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीवी) राईसहित २८ जनालाई प्रतिवादी बनाएको छ ।

सर्वसाधारणको एक अर्बभन्दा बढी रकम अपचलन गरेका जीवीसहित २८ जनालाई प्रतिवादी बनाएर रुपन्देही प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको हो ।

प्रहरीले प्रतिवादी बनाएका २८ जनामध्ये अहिलेसम्म ५ जना पक्राउ परेका छन् । अरूलाई फरार सूचीमा राख्दै प्रहरीले दुई महिना लगाएर तयार गरेको प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा २८ जना प्रतिवादीलाई १ अर्ब २ करोडको बिगो मागदाबी गरिएको छ ।

सुप्रिम बचत तथा ऋण सहकारीका १० हजार बचतकर्ताले प्रहरीमा आफुहरु ठगिएको भन्दै निवेदन दिएका थिए । दुई महिनाको अनुसन्धानपछि २८ जना प्रतिवादी र १ अर्ब २ करोड बिगो मागदाबी गरेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले बताए ।

रकम हिनामिना प्रकरणमा सुप्रिमको अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्व उपराष्ट्रपतिका छोरा एवं पूर्व कोषाध्यक्ष दीपेश पुन, दुर्गा चापागाईँ पाण्डे, दीपक न्यौपाने र निता थापा मगर पक्राउ परिसकेका छन् । ५ जनाबाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ ।

सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । उनीहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ ।
तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्