
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्ने भएको हो ।
बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ । साथै संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने ? र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।














