Logo
Logo

चुनावी प्रचारका लागि रविसहित रास्वपाका चार मन्त्री इलाम जाँदै


2.4k
Shares

काठमाडौं । यहि बैशाख १५ गते हुने प्रतिनिधिसभा उपनिर्वाचन प्रचारका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार मन्त्री इलाम जाने भएका छन् ।

इलाम २ मा पार्टीका उम्मेदवार मिलन लिम्बूको चुनावी प्रचार–प्रसारमा सहयोग गर्न सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, शिक्षा मन्त्री सुमना श्रेष्ठ, खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र श्रममन्त्री डीपी अर्याल इलाम जाने भएका हुन् ।

सभापति लामिछानेले वैशाख ७, ८, ११ र १२ गतेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको पार्टीका महामन्त्री डा. मुकुल ढकालले बताए । त्यस्तै शिक्षामन्त्री श्रेष्ठ वैशाख ५ र ६ गते इलाम रहनेछन् । त्यहाँ रहँदा उनी चुनावी घरदैलो र कोणसभामा सहभागी हुनेछन् ।

खेलकुदमन्त्री श्रेष्ठ वैशाख ९ र १० गते इलाम जाँदैछन् भने श्रम मन्त्री डिपी अर्याल (डोलप्रसाद) ले ११ र १२ गतेको सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्