
काठमाडौं । पत्रकार तथा उद्यमी राज्यलक्ष्मी शाक्य उत्कृष्ट महिला चालक घोषित भएकी छन् । राजधानीमा सम्पन्न टायोटा वुमन्स र्यालीको क्रममा सडकमा सुरक्षित यात्रा मापदण्ड पुरा गरेको भन्दै आयोजक युनाइटेड ट्रेडर्स सिण्डिकेटले उनलाई उत्कृष्ट महिला चालक घोषणा गरेको हो ।
राजधानीको चावहीलदेखि विभिन्न स्थान हुँदै गोकर्णसम्म ३० किलोमिटर दुरी पार गरेर भएको र्यालीमा ५५ महिला चालक सहभागी थिए । उनलाई आयोजक प्रमुख सुरज बैद्यले ५० हजार नगदसहित पुरस्कार अर्पण गरे ।र्यालीमा सहभागी रिन्छेन लामा दोश्रो र स्वस्तिका महर्जन तेश्रो भए । उनीहरुले क्रमश ३० हजार र २० हजार नगद सहित विभिन्न पुरस्कार पाए ।
सहभागीहरुको मुल्याङ्कन तीव्र गतिको आधारमा नभई समयसिमा, सडक सुरक्षाका मापदण्ड र ट्राफिक नियम पालनालगायतका मापदण्ड पुरा गरेको आधारमा गरिएको आयोजकले जानकारी दिएको छ ।














