Logo
Logo

सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा


567
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको छ ।

आज उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको सो मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।

बलात्कार अभियोगमा दोषी प्रभाणित भएका लामिछानेले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले गरेको फैसलाविरुद्ध गत फागुन १० गते पुनरावेदन गरेका थिए ।

काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन ।

अर्कातिर काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ । दुवै मुद्दाको सुनुवाइ एकै पटक हुने भनिएको थियो ।

उच्च अदालत पाटनले यसअघि पीडित गौशाला २६ (छ) को जन्मदर्ताका लागि दिइएको निवेदनको सक्कल प्रतिसहितको जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश दिएको थियो ।

काठमाडौँ अदालतले पनि यही कागजात झिकाउन तीन पटकसम्म आदेश थियो। त्यतिबेला गौशाला २६ (छ)का आमाको जन्मदर्ता समेत झिकाउने आदेश अदालतले दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्