Logo
Logo

कुटपिट गरी बुवाको हत्या, छोरा पक्राउ


2.7k
Shares

काठमाडौं । सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार राति कुटपिट गर्दा चन्दन गम्भीर घाइते भएका थिए।

घाइते चन्दरको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्