Logo
Logo

एमालेले अड्को थापेपछि विश्वासको मत लिनबाट पछि हटे सुदूरपश्चिमका मुख्यमन्त्री 


1.6k
Shares

धनगढी । नेकपा एमालेले तत्काल विवश्वासको मत नदिने बताएपछि पूर्वनिर्धारित प्रदेश सभा बैठक स्थगित भएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन आह्वान गरिएको बैठक स्थगित भएको छ । एमालेले शुक्रबारको तालिकामा विश्वासको मत नदिने बताएको छ ।

एमाले अडानपछि विश्वासको मत लिन बोलाइएको बैठक स्थगित प्रदेश सभा सचिवालयले अर्को बैठक शनिबार अपरान्ह साढे ५ बजे बस्ने सुचना सांसदहरूलाई पठाएको छ ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत दिनुअघि मुख्यमन्त्री सोडारीसँग आवश्यक छलफल नभएकोले शुक्रबार मत दिन तयार नभएको बताए ।

वैशाख ६ गते एकीकृत समाजवादीका सोडारी एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता समूह) र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्