Logo
Logo

क्वारेन्टिनमा एक पुरुषको मृत्यु


- दृष्टि न्युज/संवाददाता


परासी, १४ असार । नवलपरासी क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो ।
उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए । उच्च रक्तचाप र प्यारालाइसिका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको र उपचारका क्रममा ती पुरुषको मृत्यु भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए । उनले मृतक पुरुषमा कोरोना भाइरस संक्रमण भए÷नभएको स्वाब संकलन गरी परीक्षणका लागि पठाइने बताए ।

प्रतिक्रिया दिनुहोस्