Logo
Logo

सावित्रा भण्डारीलाई राष्ट्रिय प्रतिभा पुरस्कार


315
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारी साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ बाट सम्मान गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साम्बाको पुरस्कार शुक्रबार प्रदान गरेका हुन् । हाल व्यावसायिक फुटबल खेल्न फ्रान्समा रहेकी साम्बा पुरस्कार लिन भने उपस्थित थिइनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दिएको उक्त पुरस्कार लिन साम्बाका बुबा उपस्थित भएका थिए ।

साम्बालाई फुटबलमार्फत् देशलाई चिनाएको भन्दै पुरस्कार दिइएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000