Logo
Logo

जसपा नेपालका यूएई इन्चार्ज पासाङ शेर्पा माओवादीमा प्रवेश


2k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संयुक्त अरब इमिरेट्स (यूएई) इन्चार्ज पासाङ शेर्पा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । दुबईमा आयोजित एक कार्यक्रमकाबीच उनी माओवादीमा प्रवेश गरेका हुन् ।

नेकपा माओवादी केन्द्र एसिया प्रदेश कमिटीका अध्यक्ष शनिकुमार ओलीले अन्तर्राष्ट्रिय आदिवासी जनजाति महासंघका अध्यक्ष एवं ग्लोवल एनआरएनएका अध्यक्ष समेत रहेका शेर्पा माओवादी केन्द्र प्रवेश गरेको जानकारी दिए ।

उनलाई स्वागत गर्न आयोजित कार्यक्रममा नेपाली जनप्रगतिशील मन्च, युएईका अध्यक्ष लक्ष्मण खनाललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्