Logo
Logo

देशैभरि आंशिक बदली, केही स्थानमा वर्षाको सम्भावना


315
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशैभरि आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने पूर्वानुमान छ । यस्तै, दिउँसो कोशी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाँकी भूभागको मौसम सफा रहने पूर्वानुमान रहेको छ ।

सोमबार राति पनि दैशभरि आंशिक बदलीदेखि मुख्यतया सफा रहन पूर्वानुमान छ । काठमाडौं उपत्यकामा पनि सोमबार मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्