Logo
Logo

यी चार निर्माण कम्पनी कालोसूचीमा


756
Shares

काठमाडौं । सरकारले समयमै काम सम्पन्न नगर्ने चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना जारी गर्दै एसडी कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौं, मनकामना सप्लायर्स भोजपुर र आरएसए कन्स्ट्रक्सन काठमाडौंलाई कालो सूचीमा राखेको जानकारी दिएको हो ।

सार्वजनिक सूचीअनुसार जिल्ला समन्वय समिति बाराको सिफारिसमा निरजकुमार मिश्रको एसडी कन्स्ट्रक्सनलाई एक वर्ष कालोसूचीमा राखिएको छ ।

ओमप्रकाश श्रेष्ठ मुख्य व्यक्ति रहेको अरनिको निर्माण सेवालाई तीन वर्ष र रामशरण अधिकारीको आरएसए कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

त्यस्तै गोमा श्रेष्ठको मनकामना सप्लायर्सलाई एक वर्ष कालोसूचीमा राखिएको छ । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्