Logo
Logo

चन्द्रागिरीमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु


441
Shares

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागाढुङ्गा ढलानमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख ५५४६ नम्बरको हाइस अनियन्त्रित भई दुर्घटना हुँदा द २५ वर्षीया सबिना गुरूङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी गुरुङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनको ठेगाना खुलिसकेको छैन । दुर्घटनामा घाइते भएका हाइसमा सवार अन्य दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र एकजनाको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अथ अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्