Logo
Logo

एमसीसीका कार्यक्रमलाई निरन्तरता दिन लागिएकोमा विप्लव नेकपाको विरोध


756
Shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा निरन्तरता दिन लागिएको भन्दै विभिन्न सञ्चार माध्यममा आइरहेका समाचाप्रति विप्लव नेतृत्वको नेकपाले आपत्ती जनाएको छ ।

उक्त पार्टीले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै एमसीसी सम्बन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प नेतृत्वको सरकारले ९० दिनका लागि स्थगित गर्ने निर्णय गरेकोमा तर पछिल्लो समय त्यसलाई निरन्तरता दिने भन्दै विभिन्न नेपाली सञ्चार माध्ययममा आइरहेका समाचाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

नेकपाले यथास्थितिमा एमसीसी लागू नगर्न र नेपालको संविधान र कानून मातहतमा रहने व्यवस्था गर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेको पार्टीको एमसीसी सरोकार समितिका संयोजक समेत रहेका स्थायी समिति सदस्य भरत सीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘हामी यथास्थितिमा एमसीसी लागू नगर्न र नयाँ राष्ट्रिय सहमति कायम गरी नेपालको संविधान तथा कानून मातहत रहने सुनिश्चिततता गरेर मात्रै अघि बढ्न नेपाल सरकार र सम्बन्धित पक्षसँग हार्दिक अनुरोध गर्दर्छौ ।’

साथै उक्त पार्टीले अन्यथा नयाँ स्तरको जनआन्दोलनबाट एमसीसी र त्यसका पक्षधर बढारिने चेतवानी समेत दिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘अन्यता नयाँ स्तरको जनआन्दोलनद्धारा एमसीसी र त्यसका पक्षधर बढारिनेछन् । अन्त्यमा, एमसीसी सरोकार समितिको तर्फबाट एमसीसी रोक्न अमेरिकी राष्ट्रपतिलाई पत्राचार गरिने पनी जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्