Logo
Logo

कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा थपिए १० सदस्य


945
Shares

काठमाडौँ । नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य मनोनयन गरिएका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट प्रमुख रहेकाे उक्त समितिमा आज १० सदस्य मनोनयन गरेका हुन् ।

मनोनित हुनेहरूमा इन्जिनियर उज्ज्वल कोइराला (सङ्खुवासभा), इन्जिनीयर प्रेमचन्द्र राय (महोत्तरी), विजया श्रेष्ठ केसी (ललितपुर), प्रा मोहनजङ्ग शाह (बाँके), डा नीरञ्जन कोइराला (कास्की), कुमार लामिछाने (बर्दिया), रमा केसी (सुर्खेत), प्रेमलाल चौधरी (कैलाली), शेरबहादुर सार्की (बाजुरा) र दिलिप कार्की (कञ्चनपुर) रहेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्