
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि विद्याार्थीहरुले विरोध गरेका छन् ।
आज बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले प्रदर्शनीमार्गमा विरोध प्रदर्शनसहित ऊर्जामन्त्री दिपक खड्काको पुत्ला दहन गरेको हो ।
सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । सरकारको यो निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ । सत्तारुढ दलभित्रैका नेताहरुले यसको चौतर्फी विरोध गरेका छन् ।














