
काठमाडौं । यातायात व्यवस्था कार्यालय विराटनगर परिसरबाट १२ जना पक्राउ परेका छन् ।
प्रहरीले सेवाग्राहीलाई ठगी गर्ने १२ जना बिचौलीयालाई विराटनगर महानगरपालिका–४ खार्जीमा रहेको यातायात कार्यालय परिसरबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सञ्जीव कोइराला, राजेश खड्का, गौरवकुमार माझी, राजु कोइराला, युवराज लम्साल, अनिल बस्नेत, राजीव मण्डल, प्रवीण कुमार थन्दार, भागवत राजबंशी, उदय कार्की, सुनिल दाहाल र अजयकुमार मण्डल रहेका छन् ।
पक्रउ परेका उनीहरुमथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।














