Logo
Logo

बालेनको चुनौती- गलत भए मलाई जेल हाल !


567
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आफूलाई जेल हाल्न संघीय सरकारलाई चुनौती दिएका छन् ।

कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै उनले सामाजिक सञ्जालमार्फत आफूले उठाएका कुरा गलत भए जेल हाल्न चुनौती दिएका हुन् ।

काठमाडौँ महानगरपालिका– २८ मा निर्माणाधीन काठमाडौं टावर परियोजनाबारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले केहीबेरअघि लेखेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ?’

उनले अगाडी लेखेका छन्, ‘माथीको कुरा गलत भए मलाइ जेल हाल ।’

प्रतिक्रिया दिनुहोस्