Logo
Logo

प्रचण्डले भने- शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबै एक हुनुको विकल्प छैन


378
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले निकै ठुलो जोखिम उठाएर शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने प्रयत्न गरिरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित संक्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता रहेको बताए । उनले ‘व्ल्याङ्केट एम्नेष्टी’का कुरा उठेपनि त्यसविपरित गम्भीर मानवअधिकार उल्लंघनका सन्दर्भमा एक्ज्युकेसनमा लगेरमात्र गर्न सकिने भनेर बहस गरेको बताए ।

टीआरसी विधेयक पारित भइसकेको र आयोग गठनका लागि सिफारिस समिति गठन भइसकेको भन्दै प्रचण्डले पीडितहरूलाई न्याय दिने प्रक्रियालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘शान्ति प्रक्रिया कहिले कानुनी, कहिले प्राविधिक र कहिले राजनीतिक उत्तरचढावले ढिलो भएकै हो । तर नेपालको शान्ति प्रक्रिया मौलिक पनि छ । यहाँसम्म आउँदा धेरै जटिल विषयहरू कार्यसम्पादन हुँदै आएको छ । सेना समायोजन या संविधान निर्माणसँग सम्बन्धित होस्, यी दुवै सफलतापूर्वक सम्पन्न गरेको हो ।’

शान्ति प्रक्रियाका जटिल विषयलाई टुंगोमा पु¥याउन धेरै जोखिम उठाएको बताउँदै उनले शान्ति प्रक्रियालाई सफलतापूर्वक अघि बढाउन आफ्नो पार्टी विभाजनबाट गुज्रेपनि गुज्रोस् भनेर जोखिम उठाएको बताए । उनले भने, ‘अब फेरि झमेलामा नजाऊँ, टुं्ग्याउनेतिर जाऊ । सर्वोच्चको फैसलालाई सम्मान गरेर विधेयक टुंग्याउँ ।’

उनले पीडितहरूसँग आफूले प्रधानमन्त्री भएको र नभएको बेला पनि अन्तरक्रिया गरेको भन्दै उनीहरूको चिन्ता र चासोलाई बुझेको बताए । ‘म राजनीतिक तहमा तिक्तता बढोस् भन्ने चाहन्न’ उनले भने, ‘यस्तो राम्रो कामलाई निष्कर्षमा पु-याउन हामी सबै एक हुनुको विकल्प छैन ।’

प्रतिक्रिया दिनुहोस्