Logo
Logo

तिनकुनेमा आगो निभााउन पुगेको दमकल त्यसै फर्कियो


2.5k
Shares

काठमाडौं । राजावादीको तीनकुनेमा जारी प्रदर्शन तनावग्रस्त भएपछि सभा नै बिथोलिएको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि तीनकुनेस्थित मञ्च नै खाली भएको छ ।

नेताहरु मञ्च छोडेर हिँडेका छन् । जनप्रदर्शनका कमान्डर दुर्गा प्रसाईंले संयमित हुन आग्रह गरेपनि भीड शान्त भने हुन सकेको छैन । स्थिति तनावग्रस्त भएपछि प्रदर्शनकारीहरु तितरवितर भइरहेका छन् ।

राजावादीहरुले व्यक्तिका घरमा तोडफोड र आगजनी गरेका छन् । प्रहरीले केही राउन्ड हवाई फायरसमेत गरेको छ । घरको आगो निभाउन पुगेका दमकलमाािथ पनि प्रदर्शनकारीहरूले ढुंगामुढा गरेपछि दमकल आगो ननिभाई फर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्