काठमाडौं । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका सदस्य तथा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।

शुक्रबार राजावादीहरूले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका छन् । त्यहाँ एक घर जलाइएको छ भने अन्य घरहरू तोडफोड गरिएका छन् । तर, त्यहाँ भएको क्षतिको जिम्मेवारी भने सरकारले लिनुपर्ने उनले बताएका छन्।
उनले भनेका छन्, ‘आन्दोलन रोकिएको छैन। सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ, अहिलेलाई यत्ति भनेँ, हेरौँला, कहिलेसम्म यी भ्रष्ट र पतीत नेताले सुरक्षा पाउने रहेछन् ।














