
काठमाडौं । राजावादीको प्रदर्शनका क्रममा २५ जना घाइते भएका छन् ।
तिनकुनेमा प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा घाइते भएका उनीहरुको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था खतरामुक्त रहेको अस्पतालका प्रबन्धक नारायण ढकालले जानकारी दिए ।
अश्रुग्यास प्रहारबाट गम्भीर बनेका प्रदर्शनकारी निराजन बम पलाँताका र अर्का एकजना हातमा गोली लागेका व्यक्तिको इमर्जेन्सी कक्षमा उपचार भइरहेको छ । घाइते २५ मध्ये केही सुरक्षाकर्मी समेत छन् ।














