Logo
Logo

प्रचण्डले बोलाए पदाधिकारी बैठक


1.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटारमा बस्ने भएको हो । बैठक अपराह्न ४ बजे खुमलटारमा बस्ने सचिव दीनानाथ शर्माले जानकारी दिए ।

शर्माका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम, स्थगित तराई मधेस जागरण अभियान सञ्चालन लगायत विषयमा छलफल हुनेछ ।

चैत १५ गते राजधानीको तीनकुनेमा राजावादीहरूले हिंसात्मक गतिविधि गरेपछि माओवादीले ज्ञानेन्द्रलाई कारबाही गर्नुपर्ने बताउँदै आएको छ ।

फागुन १२ गतेदेखि सुरु भएको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान चितवनमा पुगेर स्थगित भएको थियो । बाँकी अभियान बिचबिचमा ‘ब्रेक’ गरेर सञ्चालन गर्ने गरी खाका बनाउने तयारी रहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्