काठमाडौँ । सहकारी तथा लघुवित्त पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न सहकारी, लघुवित्त, बैङ्क तथा मिटरब्याजीबाट ठगिएका बचतकर्ताहरू नयाँ माग्दै काठमाडौँ आएर प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले सहकारीमा बेथिति मच्चाउन पाइँदैन, वित्तीय माफियाहरू चाहिँदैन, जनपक्षीय मौद्रिक नीति कायम गर’ लगायतका नारासहित माइतीघरबाट बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् ।
सहकारीमा बचत गरेको रकमको ग्याण्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने माग प्रदर्शनकारीहरूको रहेको छ । सहकारी तथा लघुवित्त पीडितहरूले काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा पटक पटक आन्दोलन र दबाबका कार्यक्रमहरू गर्दै आइरहेका छन् ।














