Logo
Logo

कांग्रेस-एमालेप्रति रविको ब्याङ्ग्य: दुई चोर मिलेर साधु हुँदैन


1.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फर्किएका रवि लामिछानेले कांग्रेस–एमालेले लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा लामिछानेले आफूले लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न नछाड्ने बताए । उनले भने, ‘लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछने चुप बस्दैन । लुटतन्त्रलाई टुलुटुलु हेर्न सकिनँ र निस्किएँ, चारवटा अदालतमा मुद्दा लगाएर शिरमाथि तरवार झुन्डिएको छ । तरवार झर्छ र काट्छ भने तयार छु, सम्मानित अदालतप्रति मेरो विश्वास छ ।’

उनले रास्वपा बलेको आगो ताप्ने दल नभएको पनि बताए । उनले रास्वपाको गणतन्त्रप्रतिको निष्ठामा प्रश्न नगर्न पनि आग्रह गरे । उनले भने, ‘जहाँ आगो बल्छ, त्यही आगो ताप्न जाने मान्छे रवि लामिछाने होइन, गणतन्त्रवादी होइनौँ कि भनेर हिलो छ्याप्न खोज्नुभएको छ । तपाईंहरू गणतन्त्रवादी होइन, लोकतन्त्रवादी होइन, लोकतन्त्र र गणतन्त्रको खोल ओढ्नुभएको छ ।’

दुई पार्टीले लोकतन्त्रको खोल ओढेको भन्दै उनले उनीहरूको लाइनमा उभिएर फोटो खिच्न आतुर नरहेको बताए । उनले भने, ‘उनीहरूले लुटतन्त्र मच्चाइरहेका छन् । यसका विरुद्ध लड्ने छौँ मर्नुपरे पनि तयार छौँ, रास्वपा फुटाउन सकिन्छ कि भनेर मानिसहरू लागिरहेका छन् । म यसबाट बच्नका लागि आह्वान गर्छु ।’

उनले प्रमुख दुई पार्टीको सरकारले प्रतिपक्षविहीन बनाएको पनि बताए । रास्वपा भएकै कारण सदनको औचित्य देखिएको उनको तर्क छ । उनले भने, ‘यो दुईवटा मुख्य पार्टी मिलेर बनेको सरकारले पार लगाउनेवाला छैन, दुईवटा चोर मिलेर साधु हुँदैन ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000