
काठमाडौं । डोटीमा जीपबाट खसेर एक जनाको मृत्यु भएको छ । सिलगढी नगरपालिका–१ को तिखामा दिपायलबाट आदर्श गाउपालिकातर्फ जाँदै गरेको सुप प्र०१–००१ च ४११८ नम्बरको बोलेरो जिपबाट खस्दा ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको मृत्यु भएको हो ।
बोहरा सोही जीपका धनी हुन् । आदर्श गाउँपालिका–२ को कुचेडा बस्ने उनी जीप पछाडी ढालामा बसेको अवस्थामा सडकमा खसेका थिए ।
घाईते भएका उनलाई उपचारका लागी शैलेश्वरी अस्पताल लगिएको थियो तर बोहराको उपचारकै क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ । जीप र चालक २३ वर्षीय विराज भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














