Logo
Logo

कुलमान र हितेन्द्रको रिट न्यायाधीशद्वय चूडाल र पाण्डेयको इजलासमा


1.8k
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

सरकारले प्राधिकरणबाट बर्खास्त गरेपछि घिसिङ सर्वोच्च अदालत पुगेका हुन् भने हितेन्द्रदेव कुलमानको सुरु नियुक्ति नै गलत भएको दाबीसहित अदालत पुगेका हुन् ।

यी दुईको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको छ । उक्त इजलासको पहिलो र दोस्रो पेसी नम्बरमा कुलमान र हितेन्द्रदेवका निवेदन क्रमशः परेका छन् ।

यसअघि आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि सुनुवाइ हुन सकेन ।

त्यसअघि शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटका पक्ष र विपक्षलाई छलफलका लागि अदालत बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्