Logo
Logo

राप्रपा सांसद दीपक बोहराको निधन


3.9k
Shares

काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको ७४ वर्षको उमेरमा आज निधन भएको हो ।

बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए । पोष्ट कोभिडका कारण उनलाई घाँटीको क्यान्सर भएको थियो । त्यसपछि उनी बोल्न नसक्ने अवस्थमा थिए ।

बाोहराले नबोलेरै रुपन्देही क्षेत्र नम्बर १ मा चुनाव जितेका थिए । संसदमा पनि उनले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्