Logo
Logo

प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमण टोलीमा को-को छन् ?


4.2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्यान्डको औपचारिक भ्रमणका लागि जाँदै छन् । उनी आज दिउँसो १ः ३० बजे काठमाडौंबाट थाई एयरमार्फत बैंकक प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली नेतृत्वको भ्रमण टोलीमा उनीसमेत २३ सदस्य रहनेछन् ।

जसमा प्रधानमन्त्री ओली, प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, प्रमुख सेनानी, प्रधानमन्त्रीका पाश्र्ववर्ती दिवाकर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई छन्।

यस्तै प्रधानमन्त्रीका निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालय, दक्षिणपूर्व एसिया तथा प्रशान्त महाशाखाका सहसचिव तापस अधिकारी, क्षेत्रीय सहयोग संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर, दक्षिणपूर्व एसिया तथा प्रशान्त महाशाखाकी अम्बिका जोशी छन् ।

त्यसैगरी, क्षेत्रीय सहयोग संगठन महाशाखाका उपसचिव विवेक रिजाल, परराष्ट्र मन्त्रीका स्वकीय उपसचिव कमल रावल, शिष्टाचार अधिकृत ऋचा भट्टराई, राससका वरिष्ठ संवाददाता प्रकाश सिलवाल, प्रधानमन्त्रीका सुरक्षा अधिकृत प्रहरी निरीक्षक कृष्ण खड्का, नेपाल टेलिभिजनका क्यामेरामेन सुदीप बुढाथोकी, प्रधानमन्त्रीका निजी फोटोग्राफर दिनेश भण्डारी, प्रधानमन्त्रीका निजी सहयोगी जयश्री शाक्य र परराष्ट्रमन्त्रीका निजी सहयोगी अनिता सिंह भ्रमण टोलीमा रहनेछन् ।

प्रधानमन्त्री ओलीबाट थाइल्याण्डको औपचारिक भ्रमण चैत २० गते सुरु हुनेछ । त्यसपछि थाइल्याण्डको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री नेतृत्वको टोली चैत २३ गते स्वदेश फर्किनेछ ।

प्रतिक्रिया दिनुहोस्