Logo
Logo

सांसद बोहराको शव भैरहवा लगिंदै, फेरि भोलि काठमाडौं ल्याइने


3.1k
Shares

काठमाडौं । सांसद दीपक बोहराको शव सेनाको हेलिकप्टरबाट भैरहवा लगिँदैछ । श्रद्धाञ्जलीका लागि आज दिनभरि उनको शव रुपन्देहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने भएको हो ।

बोहराका स्वकीय सचिव तारामणि चन्दका अनुसार आज रुपन्देहीमा राखिने र भोलि (बुधबार) बिहान काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालय ल्याइने छ । दिनभरि पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिने चन्दले बताए ।

राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन आज भएको हो । ७६ वर्षीय बोहरा रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद हुन् । पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए ।

प्रतिक्रिया दिनुहोस्